नियम ३१
इजाजतपत्रवालाले विवरण बुझाउनु पर्ने
ऐन वा यस नियमावली बमोजिम इजाजतपत्र प्राप्त गरेको कम्पनीले ऐनको दफा ६० बमोजिमको अवधिभित्र इजाजतपत्र जारी गर्ने विभाग वा कार्यालय समक्ष देहायका विवरण बुझाउनु पर्नेछः–
(क)   गत आर्थिक वर्षमा आपूर्ति गरिएका श्रमिकहरुको विवरण, सङ्ख्या, कार्यरत प्रतिष्ठान  र मुख्य रोजगारदाताको नाम,
(ख)    आपूर्ति गरिएका श्रमिकलाई वितरण गरेको पारिश्रमिक, भत्ता, सुविधा तथा प्रत्येक श्रमिकको सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदान रकमको विवरण,
(ग)    श्रम अडिट गरेको प्रतिवेदन,
(घ)  कम्पनीको ठेगाना, सञ्चालकको नाम, सम्पर्क नम्बर, कम्पनी सम्बन्धी कुनै विवरण परिवर्तन भएमा सोको विवरण।